Public Pana
दोस्रो जनआन्दोलनका ‘जिउँदो शहिद’ मुकेश कायस्थको निधन, आजै अन्त्येष्टी गरिने

दोस्रो जनआन्दोलनमा घाइते भइ उपचाररत काभ्रेका मुकेश कायस्थको निधन भएको छ ।
 
‘जिउँदा शहीद’ भनेर चिनिने कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार साँझ निधन भएको हो । ३२ बर्षको उमेरमा उनको ७ः३० बजे निधन भएको हो । 
 
२०६२/६३को जनआन्दोलनको क्रममा २०६२ चैत २७ गतेको आन्दोलनमा १४ बर्षिया मुकेशको शिरमा सुरक्षाकर्मीको गोली लागेको थियो । त्यसपछि निरन्तर अस्पतालमा रहदैँ आएका मुकेश पछिल्लो समयमा भने स्वास्थ्यमा सुधार हुदैँ आएको थियो । उनी पछिल्लो समयमा हाँस्न, इशारा गर्ने र ह्विल चेयरमा बस्न सुरु गरेका थिए ।   

आज उनको अन्त्येष्टी गरिने कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update