Public Pana
पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अदालत लगियो

 नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंमा लगेको छ ।

प्रहरीले बुधबार बिहान पक्राउ गरेको खाँणलाई हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालतमा लगेको हो ।  जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनलाई अपरान्ह ३ बजे बबरमहलस्थित जिल्ला अदालत काठमाडौं लगिएको हो । 

नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पाउने ठगी प्रकरणमा अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको हो । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update