Public Pana
काठमाडौंकी उपमेयर डंगोलले चीनमा आफनो प्रस्तुतिकरण दिने

 काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले चीनमा आज आफनो प्रस्तुतिकरण गर्र्दैछिन् ।

चीनको छाङ्सा सहरमा मंगलबारवाट सुरु भएको ‘छाङ्सा फ्राग्रान्ट टुरिजम समिट’ मा नेपालकोतर्फवाट उपमेयर डंगोलले आफनो प्रस्तुतिकरण दिन लागेकी हुन् । 

वर्ल्ड टुरिजम सिटिजन फेडेरेसन (डब्लुटिसिएफ) को निमन्त्रणामा मंगलवार चीन प्रस्थान गरेकी उपमेयर डंगोलले आज काठमाडौंको सहरी पर्यटनको सम्भावनाका लागि लोक तथा सांस्कृतिक जीवन, कला, साहित्य र सिर्जना विषयमा आफनो प्रस्तुतीकरण दिने छिन् । ‘विश्व पर्यटन पुनरुत्थानका लागि सहरको शक्ति’ भन्ने थिममा सो प्रस्तुतीकरण हुने महानगरपालिकाले जनाएको छ ।  
 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update