Public Pana
समानुपातिकतर्फ बन्दसूचि बुझाउने समय सकियो, ४८ दलका उम्मेद्वारको सूचि आयोगमा दर्ता

समानुपातिक निर्वाचन प्रणालीका लागि ४८ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची बुझाएका छन् । 

६८ दलले निवेदन दिएकोमा ४८ ले मात्रै उम्मेदवारको बन्दसूची दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रतिनिधि सभामा समानुपातिक संख्या ११० रहेको छ ।निर्वाचन आयोगले दलहरूलाई प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार दुई दिन समय दिएको थियो। तर पहिलो दिन, आइतबार जम्मा २ दलले मात्रै उम्मेदवारको बन्दसूची बुझाएका थिए।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत ठूला दल सोमवार अपरान्हपछि मात्रै निर्वाचन आयोग पुग्दा बन्दसूची रूजु गर्नेलगायत काममा ढिलाइ गरेका कारण आयोगले गए राति पनि काम जारी राख्यो।

आयोग परिसरमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयले उम्मेदवारको बन्दसूची लिने काम आज बिहान मात्रै सम्पन्न गरेको छ । 

प्रतिनिधि सभातर्फ समानुपातिक निर्वाचनमा भाग लिन ६८ वटा दलले निवेदन दिएका थिए। तर ४८ वटा दलले मात्रै आज बिहानसम्म बन्दसूची बुझाएका छन्। अब बन्दसूची बुझाउन मिल्दैन।

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update