राष्ट्रिय सभामा सकियो प्रि बजेट छलफल
राष्ट्रिय सभामा प्रि बजेट छलफल सकिएको छ ।
अर्थमन्त्री प्रकाशशरण महत्तले सांसदहरुले उठाएको जवाफ दिएसँगै प्रि बजेटका बारेमा छलफल सकिएको हो ।
‘राष्ट्रिय सभामा आर्थिक वर्ष २०८०र०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) बारेको छलफल सकिएको छ,’ संसद सचिवालयका डिल्ली मल्लले भने । उनका अनुसार राष्ट्रिय सभाको अर्को बैठक २०८० जेठ ३ गते बुधबार अपरान्ह ६:३० बजे बस्नेछ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८० १६:४४
प्रतिक्रिया दिनुहोस्