Public Pana
फरार टोपबहादुरको  घरमा प्रहरीको छापा

फरार सूचीमा रहेका एमाले सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका रायमाझीको सातदोबाटोस्थित घरमा प्रहरीले छापा मारेको हो । 

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका रायमाझी पक्राउ गर्न  काठमाडौं र ललितपुरको प्रहरी टोलीले उनको घर छापा मारेको हो । 

प्रहरीले घरको सवै भागमा खानतलासी गरेपनि उनको आरोपसँग सम्बन्धित त्यस्तो कुनै प्रमाण फेला नपरेको स्रोतको दावी छ । टोपबहादुर समेत घरमा फेला नपरेपछि घर खानतलासी गरेर प्रहरी फर्किएको हो । 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update