Public Pana
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अदालतबाटै  पक्राउ (हेर्नुहोस भिडियो )

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सुरक्षा बलले इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ गरेको छ ।

इस्लामाबादका आईजीले एक विज्ञप्तिमा इमरान खानलाई अल(कादिर ट्रस्ट मामिलामा पक्राउ गरिएको बताएका छन्। अवस्था ‘सामान्य’ रहेको उनले बताए ।

इस्लामाबाद पुलिसले संविधानको धारा ज्ञद्धद्ध उल्लंघन गरेमा अभियोगमा उनलाई पक्राउ गरि कारवाही अघि बढाइएको दावी गरेको छ । 
पार्टी नेता फवाद चौधरीले ट्विट गर्दै भनेका छन्, ‘पूर्व प्रधानमन्त्री इमरान खानलाई अदालत परिसरबाट उठाइयो । वकिल र सर्वसाधारणलाई यातना दिइयो । इमरान खानलाई अज्ञात व्यक्तिले अज्ञात स्थानमा लगेका छन् ।

इस्लामावाद उच्च अदालतका मुख्य न्यायाधीशले गृह सचिव र आईजीलाई १५ मिनेटभित्र अदालतमा उपस्थित हुन आदेश दिएको बिबिसीले उल्लेख गरेको छ ।  ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update