Public Pana
साफ महिला फुटबलको फाइनलमा नेपाल बंगलादेशसँग पराजित

साफ महिला फुटबलको फाइनलमा नेपाल र बंगलादेशसँग पराजित भएको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो । बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन् ।

शामसुनाहरले एक गोल थपिन् । नेपालकी अनिता बस्नेतले एक गोल फर्काइन् । 

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update