Public Pana
शहिद स्मारक ए डिभिजन आज तीन खेल हुदैँ

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीनवटा खेल हुदैँछन । 
 
आज हुने तीनवटा खेल मध्ये दुईवटा खेल दशरथ रंगशालामा हुनेछ भने एउटा खेल च्यासल मैदानमा हुनेछ । 
 
जसअनुसार त्रिपुरेस्थित दशरथ रंगशालामा थ्रि स्टार र न्युरोड टिम बिच पहिलो प्रतिस्पर्धा हुनेछ, जुन खेल दिउँसो ३ बजेवाट सुुरु गरिने छ ।
 
 रंगशालामा नै हुने अर्को खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ । जुन खेलमा जावालाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब बिच प्रतिस्पर्धा हुनेछ । 

च्यासल खेल मैदानमा भने संकटा क्लब र सातदोवाटो युथ क्लब आमुने सामुने हुनेछन् । जुन खेल दिउँसो ३ बजे सुरु हुने अखिल नेपाल फुटवल संघ (एन्फा)ले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update