Public Pana
बेलायती महारानी एलिजाबेथ द्वितीयाको राजकीय सम्मानका साथ अन्त्येष्टि


दिवंगत बेलायती महारानी एलिजाबेथ द्वितीयाको सोमबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। बेलायतको वेस्टमिनिस्टर आबीमा एक समारोहबीच एलिजाबेथ द्वितीयाको अन्तिम संस्कार गरिएको  हो। बेलायतमा आज सार्वजनिक बिदा समेत गरिएको थियो । 
बेलायती महारानीको अन्तिम संस्कार चलिरहंदा देशभर दुईमिनेट मौन धारण गरिएको थियो भने राष्ट्रिय धुन समेत बजाइएको थियो ।  
बेलायती महारानीको अन्तिम संस्कारमा अमेरिकी राष्ट्रपति जो बाइडेन, चीनका उपराष्ट्रपति वाङ्न छिसन, भारतकी राष्ट्रपति द्रौपदी मुर्मु लगायत विश्वका शीर्ष नेता सहभागी भएका छन्। नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा। नारायण खड्का सहभागी भएका छन्। 
bbc 21663593028.jpeg

उनको अन्त्येष्टिमा बेलायतका राजपरिवारका सदस्य, राजनीतिज्ञ, चर्चका प्रतिनिधि र विभिन्न क्षेत्रका व्यक्ति गरी २ हजार जना सहभागी भएको बिबिसीले जनाएको छ । 
श्रद्धासुमनपछि भएको शवयात्रामा उनका जेठा छोरा एवं वर्तमान राजा प्रिन्स चाल्र्स तृतीय र चाल्र्सका छोराहरु प्रिन्स विलियम र ह्यारी सहभागी थिए। 
बेलायतमा ७० वर्ष शासन गरेकी एलिजाबेथ द्वितीयाको यही सेप्टेम्बर ८ मा स्कटल्याण्डको बालमोरलमा ९६ बर्षको उमेरमा निधन भएको थियो । 

 

 

 

 

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update