Public Pana
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिश


सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिश गरिएको छ ।
संवैधानिक परिषद्को सोमबार बसेको बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला धनराज गुरुङले बताए । 
संवैधानिक परिषद्को बैठकले सर्वसम्मत रुपमा निर्णय गरेको उनको भनाइ छ । लामो समयदेखि संवैधानिक परिषद्को बैठक बस्न नसक्दा प्रधानन्यायाधीशको सिफारिश हुन सकेको थिएन ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update