Public Pana
सर्वोच्चको आदेश ढिलो आउँदा कंशाकारलाई फाइदा

सर्वोच्च अदालतले  ढाका कुमार श्रेष्ठविरुद्ध कारवाही अघि नबढाउन भनेकै दिन निर्वाचन आयोगले उनको ठाँउमा  सांसद सिफारिस भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी विन्दाबासिनी कंसाकारलाई सांसदको प्रमाण पत्र प्रदान गरेको छ ।

न्यायपालिकाकै सर्वोच्च निकाय सर्वोच्चबाट आदेश आउने बेला सम्म रास्वपाबाट नयाँ सांसद सिफारिस कंशाकारले प्रतिनिधी सभा सदस्यको प्रमाण पत्र लिइसकेका थिइन ।

ढाका कुमार श्रेष्ठमाथी कारवाही तत्काललाई यथास्थितिमै राख्न सर्वोच्चले जारी गरेको आदेशको औचित्य अव के हुन्छ भन्ने प्रश्न समेत उब्जिएको छ ।

सर्वोच्चको आदेश आउनुपुर्व नै निर्वाचन आयोगले अर्का व्यक्तिलाई सांसद करार गरी प्रमाणपत्र समेत दिइसकेकाले ढाका कुमारश्रेष्ठको पक्षमा तत्कालका लागि सर्वोच्चबाट आएको आदेश हात्ति आयो हात्ति आयो फुस्सा जस्तै भएको छ । 

रास्वपाको कारबाहीमा ढाकाकुमार श्रेष्ठको सांसद पद गुमेपछि समानुपातिक निर्वाचन प्रणालीको उम्मेदवारको सूचीमा रहेकी कंसाकारलाई आयोगले प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र दिएको हो । पार्टीको सिफारिसमा आयोगले उनलाई सदस्यको प्रमाणपत्र दिएको हो । 

तर, ढाकाकुमारको सांसदसमेत पदबाट हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सोमबार सर्वाेच्च अदाललतले अल्पकालीन आदेश दिएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update