Public Pana
सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्वन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

 

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई निलम्वन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको  छ ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठलाई निलम्वन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय तत्काल कार्यान्वन नगर्न बिपक्षीका नाममा अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले उक्त रिटमाथी थप छलफल गर्न दुवै पक्षलाई बोलाएको र दुवै पक्षको बहस सकिएर आदेश नहुन्जेल श्रेष्ठलाई गरिएको कारबाही कार्यान्वयन नगर्न आदेश भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

यो आदेशसँगै श्रेष्ठको सांसद पद केही दिन कायम रहने भएको छ।

यद्यपी उनको ठाँउमा अर्काे व्यक्तिलाई सांसद बनाउन रास्वपाले गरेको सिफारिस समेत अवैद्यानिक भएको छ ।

मेडिकल व्यवसायीसँग दुर्गा प्रसार्ईसँग आर्थिक लेनदेनका लागि गरिएको कुराकानी बाहिरीपछि रास्वपाले श्रेष्ठलाई सांसद पदबाट निलम्वन गरेको थियो । 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update