Public Pana
यातायात सिण्डीकेट रोक्न खोज्दा १८ बर्षअघि गोली लागेका सेढाँइलाई सुप्रवल जनसेवा श्री पदक

शहरी विकास मन्त्रालयका उपसचिव जीवन सेढाँई सुप्रवल जनसेवा श्रीबाट बिभूषित हुने भएका छन् ।

यातायात सिण्डीकेटविरुद्ध उभिएका कारण १८ बर्षअघि गोली लागेका सेढाँईलाई पहिलो पटक सरकारले  विभूषित गर्न लागेको हो ।

हाल शहरी विकास मन्त्रालयमा उपसचिव पदमा कार्यरत सेढाँईलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको सिफारिसमा सरकारले उक्त पदक प्रदान गर्न लागेको हो ।

कास्कीमा यातायात व्यवस्था कार्यलय प्रमुख रहेका सेढाईलाइ काठमाण्डौ कामको सिलसिलामा आएको बेला २०६१ जेठ २८ गते पहिचान नखुलेको समुहले गोली हानेको थियो । सिण्डीकेटविरुद्ध कठोर रुपमा उत्रिएका कारण उनलाई बिरोधीहरुको समुहले काठमाण्डौमा गोली हानेको थियो ।

उक्त घटनामा सेढाँईको कम्मरमा गोली लागेको थियो । उक्त घटनाका कारण शारिरीक रुपमा अस्वस्थ भएपछि सेढाँईको वृद्वि विकास समेत रोकिन पुग्यो ।

 निजामति सेवामा प्रवेश गरेको  यतिका बर्षपछि राज्यले ढिलै भएपनि मुल्याङकन गर्न लागेको भन्दै सेढाँईले खुसी व्यक्त गरे ।

छ । उनीसँगैका साथीहरु अहिले सचिव र सहसचिव भइसकेपनि उनको बढुवा शारिरीक अस्वस्थतकै कारण रोकिएको छ । निजामति सेवामा जिउँदो शहिदका रुपमा चिनिने सेढाँई सरल र सहयोगी स्वभावको रहेको मन्त्रालयका कर्मचारीहरु बताउछन् 

संविधान दिवसको अवसर पारेर सरकारले बिभूषित घोषणा गरेका विभिन्न व्यक्तित्वहरुलाई एक समारोहबीच राष्ट्रपति बिद्यादेवी भण्डारीले पदकबाट सम्मान गर्ने कार्यक्रम छ । 

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update