Public Pana
प्रधानन्याधी नियुक्तीवारे छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्दै

 आज संवैधानिक परिषद्को बैठक बस्दैछ ।
प्रधानन्यायधिस नियुक्तीलगायतको बिषयमा छलफल गर्नका लागि सोमबार संबैधानिक परिषदको बैठक बस्न लागेको हो । बैठक साँझ ६ बजे बस्नेछ । 

उपसभामुख इन्दिरा राना मगरका अनुसार गत बैठकको निरन्तरताको स्वरुप आजका लागि बैठक बोलाईएको हो । उनका अनुसार नयाँ थप कार्यसुची उल्लेख छैन ।
 
संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाकाो पहिलो अधिवेसनका अन्तिम समयमा संबैधानिक परिषद सबन्धी (संसोधन) बिद्येयक पेश गर्ने सहमति भए पनि अन्तिम समयमा आएर रोकिन पुगेको थियो । संबैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्रीलाई बिशेषाधिकारसहित बुदाँ थप गरेर बिद्येयक ल्याईए पछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको थियो ।
 
प्रमुख प्रतिपक्ष दल एमालेको आपत्ति पछि कार्यसुचीमा समावेश गरिसकेको सो बिद्येयक अन्तिममा फिर्ता लिर्ईएको थियो । एमालेले संसदीय सुनवाईको पुर्णता पछि मात्रै सो बिद्येयक अघि बढाउनु पर्ने सर्त राख्दै आएको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update