Public Pana
ध्यान गर्न काठमाडौं आइपुगे बलिउड अभिनेता आमिर खान

बलिउड अभिनेता आमिर खान नेपाल आएका छन्। आमिर विपश्यनाका लागि काठमाडौं आइपुगेका हुन्। आमिर काठामाडौं उत्रिएर ध्यानका लागि सिधै बुढानीलकण्ठस्थित विपश्यना केन्द्र पुगेका छन्। 

फिल्म  क्षेत्रको व्यवस्त कार्यतालिकालाई थाति राखेर आमिर आफ्नो लागि समय दिने भन्दै दश दिन लामो ध्यान गर्न काठमाण्डौ आइपुगेका हुन ।

उनी १० दिनसम्म पुर्ण अनुशासनमा बसेर ध्यान गर्ने कार्यतालिका रहेको  ध्यान केन्द्र स्रोतले जनाएको छ ।

उक्त केन्द्रमा मोवाइल फोन चलाउन र बाहिर संचार सम्पर्क गर्न निषेध गरिएको हुन्छ ।

उनी १८ तारिख सम्म ध्यान केन्द्रमा रहने बताइएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update