Public Pana
नागरिक सुसूचित भए मात्र संघीय लोकतान्त्रिक गणतन्त्र सबल बन्न सक्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक सुसूचित भए मात्र संघीय लोकतान्त्रिक गणतन्त्र सबल बन्न सक्ने बताएका छन् । 

गोरखापत्र दैनिकको १२३औँ तथा गोरखापत्र संस्थानको ६१ औँ वर्ष प्रवेशका अवसरमा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नागरिक सुसूचित हुनसके मात्र संघीय लोकतान्त्रिक गणतन्त्र सबल बन्न सक्ने भएकाले राज्यका हरेक अङ्ग र निकायलाई कार्यसम्पादनप्रति जिम्मेवार, उत्तरदायी र सबल बनाउन सञ्चार माध्यमले निर्वाह गर्ने भूमिका महत्वपूर्ण हुने बताए । 

‘राज्यका सबै कामकारवाही पारदर्शी हुनुपर्छ । राज्यका निकायले गर्ने कार्य सम्पादनका बारेमा जनसमक्ष ल्याउने दायित्व आमसञ्चार माध्यमको नै रहन्छ । नागरिक सुसूचित हुनसक्दा मात्र संघीय लोकतान्त्रिक गणतन्त्र सबल बन्न सक्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘राज्यका हरेक अङ्ग र निकायलाई कार्यसम्पादनप्रति जिम्मेवार, उत्तरदायी र सबल बनाउन चौंथो अङ्गका रूपमा सञ्चार माध्यमले निर्वाह गर्ने भूमिका महत्वपूर्ण हुनसक्दछ । त्यसैले सञ्चार माध्यमलाई ‘वाच डग’का रूपमा लिने गरिएको छ । यो भूमिका आगामी दिनमा अझ सशक्त बन्नसक्नुपर्छ । सही सूचना र जानकारीबाट सूचित हुने नागरिकको अधिकार प्रत्याभूत गर्न आमसञ्चार जिम्मेवार बन्नसक्नुपर्छ ।’ 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update