Public Pana
टुकुचा खोला मिचेर बनाएको संरचना तत्काल नभत्काउन पाटन उच्च अदालततको आदेश

उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाएको संरचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको छ ।

प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो ।

काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाइएका सवै खाले संरचना भत्काउन सूचना जारी गरपछि सम्बन्धित जग्गाधनीहरु अत्तालिएका छन् ।अन्तरिकालिन आदेश तत्काललाई थप क्षति हुन बाट रोक्न जारी गरिने आदेश हो । 

यद्यपी दुवै क्षलाई छलपलमा बोलाएर अदालतले थप निर्णय गर्नेछ । अदालतले असोज ५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।
महानगरपालिकाले हालसम्म जय नेपाल सिनेमा हलमा बनेका संरचना र लक्ष्मी बैंकको संरचना खनेर टुकुचा खोला निकालेको थियो ।

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update