Public Pana
कानुन मन्त्रीले मिटर ब्याँज सबन्धि अध्यादेश पेश गर्ने

संघीय संसद अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दैछ । 
 
राष्ट्रियसभाको चौथो अधिवेसनको बैठक आज अपरान्ह ४ बजे संघीय संसद भवन बानेश्वरमा बस्नेछ । 
 
संघीय संसद भवन, बानेश्वरमा बस्ने उक्त बैठकमा राष्ट्रपति कार्यालयवाट प्राप्त अधिवेसन सबन्धि पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाउने छन भने अध्यक्ष तिमिल्सिनाले  राष्ट्रपति कार्यालयवाट प्राप्त मन्त्रि पदमा नियुक्ती र कार्यभार सबन्धी  पत्र पढेर सुनाउने कार्यसुची रहेको छ ।
 
यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सबन्धी नेपाल ऐनलाई संसोधन गर्ने अध्यादेश–२०२८ पेश गर्ने कार्यक्रम रहेको छ ।
 
साथै, अर्थमन्त्री डा. प्रकाशशरण महतले आब २०८०/८१ का लागि बिनियोजित बिद्येयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  ०६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update