Public Pana
आजबाट बजेट अधिवेसन सुरु, अपरान्ह ४ बजे बस्ने

 आजबाट बजेट अधिवेसन सुरु हुने भएको छ । 
 
जसअनुसार संघीय संसद अन्तर्गतका दुवै सदनका बैठक आजआइतबार देखी सुरु हुदैँछ । 
 
पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आजका लागि आब्हान गरेका हुन । 
 
प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालय, बानेश्वरमा बस्ने महासचिव भरतराज गौतमले जानकारी दिएका छन् । 
 
आगामी जेठ १५ गते आउने आर्थिक बर्ष २०८०/८१ को बार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल सुरू हुनेछ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  ०६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update