Public Pana
सत्ता गठबन्धनको बैठक : प्रधानमन्त्रीले विश्वासको मत लिनुनपर्ने निष्कर्ष

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन नपर्ने सत्ता गठबन्धन बैठकले निष्कर्ष निकालेको छ।

शनिबार साँझ सिंहदरबारमा बसेको गठबन्धन बैठकले उक्त निष्कर्ष निकालेको माओवादीका सचेतक हितराज पाण्डेले जानकारी दिए। 

राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि विश्वासको मत लिनुपर्ने पनि संवैधानिक व्यवस्था नभएको उनको भनाइ थियो ।

सरकारलाई समर्थन दिएको रास्वपाले शुक्रबार फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने वा नलिनेबारे चर्चा भइरहेको थियो।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update