Public Pana
बेलायतका राजा चार्ल्स तृतीयले लगाए राजमुकुट


बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलियाले राजमुकुट पहिरिएका छन् । शनिबार वेष्टमिनिस्टर एबीमा आयोजित राज्याभिषेक कार्यक्रममा उनीहरूलाई राजमुकुट लगाइएको हो । 
उक्त कार्यक्रममा राजा चार्ल्सले उनका हजुरबुवाको क्रिमशन भेल्भेट रोब पहिरिएका थिए । 
राजमुकुट लगाइदिनु अघि उनले शपथ लिएका थिए । उनलाई पवित्र तेलले अभिषेक गरिएको थियो । त्यसपछि रानी क्यामिलियालाई पनि सोही प्रक्रियाबाट रानी मेरीको राजमुकुट लगाइएको थियो । 
कार्यक्रममा राजपरिवार, विभिन्न देशका नेता, सेलिब्रिटीलगायत २ हजार २०० मानिसहरू सहभागी थिए । 
 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update