Public Pana
निलम्बित प्रधानन्यायाशीध चोलेन्द्र शमशेर राणा बालुवाटारस्थित सरकारी निवासमै नजरबन्दमा


निलम्बित प्रधानन्यायाशीध चोलेन्द्र शमशेर राणा बालुवाटारस्थित सरकारी निवासमै नजरबन्दमा परेका छनर । 
आइतबार सर्वोच्च अदालत जाने तयारी गरेका राणलाई सरकारको उच्च निकायबाट बाहिर जान नदिन आदेश गएपछि उनी निवासमै नजरबन्दमा परेका हुन । 
उनलाई सुरक्षा निकायले बालुवाटारबाट  निस्कन पाएका छैनन । आफुलाई सरकारले नजरबन्दमा राखेको भन्दै आक्रोशित राणाले यसको परिणाम भंयकर हुने चेतावनी दिएका छन् । 

चोलेन्द्र शमशेर राणा निस्कने गेटमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
सुरक्षाकर्मीले प्रधानन्यायाधीश निवास भित्र र बाहिरिने गाडीको कडा सुरक्षा चेकजाँच गरेर मात्र आउन/जान दिइरहेको छ।

प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूविरुद्धको महाअभियोग ‘निस्क्रिय’ बनेको निष्कर्षका साथ चोलेन्द्र आज सर्वोच्च फर्कने तयारी गरेका थिए।

तर, निलम्बन फुकुवा नभएको तर्क गर्दै नेपाल बार र सर्वोच्च अदालतका न्यायाधीशहरू राणालाई रोक्ने तयारी गरेका थिए।
जबराविरुद्ध महाअभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाअभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट राणा आफू सर्वोच्चको नियमित जिम्मेवारीमा फर्कने भन्दै सर्वोच्च अदालत जाने खबर गरेका थिए।

राणा सर्वोच्च प्रवेश गर्ने समयमा तनावको स्थिति हुनसक्ने भन्दै बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो। सर्वोच्च तथा बारको परिसर र सडकमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।

कानुन व्यवसायीसमेत सर्वोच्च परिसरमा बाक्लो संख्यामा उपस्थित भएका छन्। नेपाल बार एसोसिएसनले यसअघि नै राणालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने आधिकारिक निर्णय नै गरेको छ।
संसदको कार्यकाल सकिएसँगै आफूमाथिको महाअभियोग प्रस्ताव पनि स्वतः निष्कृय भएको तर्क गर्दै उनी आज सर्वोच्च अदालतमा उपस्थित हुने तयारीमा  थिए। 

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update