Public Pana
एमालेले डाक्यो केन्द्रीय कमिटी र सचिवालय बैठक

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटी र सचिवालय बैठक बोलाएको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा २६ वैशाखमा बस्नेगरी सचिवालय बैठक बोलाएको हो । 

यसअघि २५ वैशाखमा बस्नेगरी  केन्द्रीय कार्यालयको र २९ वैशाखदेखि तीन दिन बस्ने गरी केन्द्रीय कमिटीको बैठक आह्वान गरेको हो । केन्द्रीय कमिटी बैठक भने २९ देखि ३१ वैशाखसम्म चल्नेगरी बोलाइएको छ ।  

बैठकमा समसामयिक राजनीतिक तथा पार्टी नेताहरुविरुद्ध जारी पक्राउ पुर्जीलागयतका विषयमा छलफल हुनेछ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update