Public Pana
हेलिकोप्टर दुर्घटना : घाइतेहरूलाई उपचारका लागि काठमाडौं ल्याइयो

 संखुवासभामा शुक्रबार भएको हेलिकप्टर दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । 

अरुण तेस्रोको सामान लिएर गएको सिम्रिक एयरको हेलिकप्टर शुक्रबार दुर्घटना हुँदा घाइते भएका क्याप्टेन सुरेन्द्र पौडेल र भविन्द्र गुरुङलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । 

पौडेललाई सिम्रिकको हेलिकोप्टरबाट र गुरुङलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंका ल्याइएको हो । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update