Public Pana
पाकिस्तानमा गोली प्रहारबाट ८ जनाको हत्या

 पाकिस्तानको खैबर पख्तुनख्वामा गोली प्रहार गरी आठजनाको हत्या भएको छ । दुई छुट्टाछुट्टै घटनामा पाँचजना शिक्षकसहित आठजनाको गोली प्रहार गरी हत्या भएको हो ।  

उक्त घटनाप्रति पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्वीको कार्यालयले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको भर्त्सनाको गरेको छ । 

अज्ञात व्यक्तिले विद्यालय बाहिर एकजना शिक्षक र विद्यालयभित्र प्रवेश गरेर चारजना शिक्षकको गोली प्रहार गरी हत्या गरेको हो । घटनाबारे कसैले जिम्मेवारी लिएको छैन भने कसले र किन गरायो भन्ने खुलिनसकेको पाकिस्तानी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अनुसन्धान भइरहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update