Public Pana
बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौतम बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय रहेको बताएका छन् । lumbini pm1683269255.jpg

२५६७औं बुद्धजयन्तीको अवसरमा शुक्रबार लुम्बिनीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले २५६७ वर्षअघि नेपालको लुम्बिनीमा जन्मिएका बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय रहेको बताएका हुन् । 

बुद्ध भौतिकवादी र द्वन्द्ववादी दुवै रहेका बताएका प्रधानमन्त्री प्रचण्डले  वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर बुद्धले भिक्षु संघको परिकल्पना र अभ्यास दुबै गरेका बताए । 

दर्शनको क्षेत्रमा मात्र नभएर चिन्तन र समाज विज्ञानको क्षेत्रमा बुद्धको योगदान विश्वव्यापी रूपमा सर्वमान्य रहेको बताउँदै उनले   पूर्वीय दर्शन र सभ्यताको पछिल्लो युगमा बुद्ध सबैभन्दा प्रख्यात र मान्य व्यक्तित्व भएका धारणा राखे । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update