Public Pana
पाकिस्तानी बिदेश मन्त्री जर्दारी भारतमा, नौ बर्ष पछिको उच्चस्तरीय भ्रमण

 सन २०१४ पछि भारतमा पहिलो पटक पाकिस्तानवाट उच्च स्तरीय भ्रमण भएको छ ।

पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारी बिहिबार भारत भ्रमणमा पुगेका हुन । 

संघाई सहयोग संगठन (एससीओ) को विदेश मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन पाकिस्तानी बिदेश मन्त्री जर्दारी भारत पुगेका हुन् । सो सम्मेलन बिहिवार देखी गोवामा जारी छ । 

नौ वर्षपछि भारतमा पाकिस्तानको तर्फवाट यो उच्च स्तरीय राजनीतिक भ्रमण भएको हो । सन  २०१४ मा  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ दिल्ली पुगे पछि बिहिवार बिदेशमन्त्री जर्दारी भारतको भुमी टेकेका हुन् । 
सन २०१९ मा पुलवामा भएको हमलामा ४० भारतीय सुरक्षाकर्मीको मृत्यु र त्यसको जवाफमा भारतको तर्फवाट पाकिस्तानमा गरेको सर्जिकल स्ट्राइकले दक्षिण एशियाली दुई देशबीच तनावपूर्ण बन्न पुगेको थियो । त्यसमाथी भारतले जम्मु–कश्मीरका लागि धारा ३७० हटाएपछि पाकिस्तानले त्यसको कडा विरोध गर्दै आए पछि तिक्तता झनै बढन गएको थियो ।

नौ बर्ष पछि पाकिस्तानी विदेशमन्त्री जर्दारीको भारत भ्रमणलाई विश्वजगतले बिशेष र अर्थपूर्ण रुपमा औल्याएको छ । पाकिस्तानी बिदेश मन्त्रीको भारत भ्रमणले दुवै देश बिचको तिक्तता कम गराउनका लागि नयाँ पहलकदमी हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

पाकिस्तानले पनि बहुपक्षीय बैठकमा सहभागी भएर आफ्नो धारणा राख्नका लागि विदेशमन्त्री जर्दारीको भारत भ्रमण कोशेढुंगा सावित हुने जनाएको छ । विदेशमन्त्री जर्दारीले ट्वीटमार्फत आफ्नो उपस्थितिले एससीओप्रति पाकिस्तानको बलियो प्रतिबद्धता दर्शाएको जनाएका छन्  ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update