Public Pana
आज बुद्ध जयन्तीः प्रधानमन्त्रीले मुल समारोहको उदघाटन गर्दै

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्दैछन
 
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रधानमन्त्री दाहालले मुल समारोहको उदघाटन गर्न लागेका हुन  ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार बिहान ९ बजे प्रधानमन्त्री दाहालले मुल समारोहको उदघाटन गर्नेछन् । उनका अनुसार कार्यक्रम तीन दिनसम्म चल्नेछ । 
 
बैशाख पुर्णिमा अर्थात बुद्ध जयन्तीको अवसरमा हिजो बिहान दीप प्रज्ज्वलन, महापरित्राण भएको थियो भने आज पूजापाठ, शोभायात्रासहित मुल समाराेह आयाेजना हुनेछ ।
 
यसैगरी २३ गते बिहान ८ बजे लुम्बिनीबाट कपिलवस्तुसम्म बोधिसत्व सिद्धार्थको शोभा यात्रा हुनेछ भने सोही बिहान ११ बजे कपिलवस्तु तिलौराकोटमा विशेष समारोहको आयोजना गरिएको छ ।
 
हरेक वर्ष झै यस बर्ष पनि बुद्ध जयन्ती मनाउन लुम्बिनी विकास कोषले एक करोड रुपैयाँ बजेट छुट्याएको सदस्य सचिव शाक्यले बताए । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा भने काेषले तीन करोड रुपैयाँ बजेट छुटयाएको थियो । 
 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update