Public Pana
आजबाट निर्वाचन प्रक्रिया सुरु, दलहरूले समानुपातिकको बन्दसूची पेस गर्ने

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन प्रक्रिया आज (आइतबार)बाट सुरु हुँदैछ। राजनीतिक दलहरूले आजदेखि समानुपातिकतर्फका उम्मेदवारको सूची बुझाउँदैछन्। निर्वाचन आयोगले आज र भोलि (सोमबार) समानुपातिकतर्फको बन्दसूची पेस गर्न समय दिएको छ। 

आयोगले अबको केही दिनभित्रै निर्वाचन आचारसंहिता पनि लागू गर्ने तयारी गरेको छ। 

निर्वाचन कार्यतालिकाअनुसार प्रत्यक्षतर्फका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुनेछ। प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरी चुनाव चिह्न प्रदान गर्नेछ। त्यसैका आधारमा असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुनेछ। 

निर्वाचन कार्यक्रम अनुसार घटस्थापनाको भोलिपल्ट असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति हुनेछ। असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ। 

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  ०७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update