Public Pana
कंग्रेसका तीन मन्त्रीले लिए सपथ

नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले शपथ लिएका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहिवार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उनीहरूलाई बुधबार मन्त्री पदमा नियुक्त गरेका थिए ।

तीन जना नै कांग्रेसका तर्फबाट मन्त्री बनेका हुन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update