Public Pana
ठोस प्रमाणविना आफ्ना नेताहरुलाई पक्राउ गरिएको भन्दै ओलीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री र ओलीबिच भेटवार्ता भएको हो । 

माओवादीबाट एमालेमा गएको उच्च पदस्त नेताहरु नक्कली भुटानी शरणार्थी प्रकरणमा धमाधम पक्राउ पर्न थालेपछि त्यसवारे कुराकानी गर्न ओली प्रधानमन्त्री दाहालको पुगेको स्रोतको भनाई  छ ।

ठोस प्रमण बिना पार्टीकै हाइप्रोफाइल नेताहरुलाई पक्राउ गरिएको भन्दै ओली प्रधानमन्त्री समक्ष आपत्ति जनाएको प्रधानमन्त्री निकट स्रोतको दावी छ ।

भेटवारे प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो, माओवादी पार्टी परित्याग गरेको रिसमा सरकारले राजनीतिक प्रतिसोधपुर्ण तरिकाले हाम्रा नेताहरुलाई पक्राउ गर्ने जुन गतिविधि भएका छन् यसवारे हाम्रो गम्भीर असहमति छ भन्दै ओलीले राजनीतिक मुल्य मान्यतालाई नर्विसन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update