Public Pana
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहिवार विश्वासको मत लिँदै छन् ।

अपरान्ह २ बजे प्रदेशसभा बैठकमा पाण्डेले  विश्वासको मत लिने कार्यसूची छ । 

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गत सोमबार प्रदेशसभा अधिवेशन आह्वान गरेका थिए ।

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे  वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी गण्डकी प्रदेशको चौथौ मुख्यमन्त्री बनेका हुन् । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update