Public Pana
पुर्व उपप्रधानमन्त्री एवं एमाले सचिव रायमाझी प्रहरी नियन्त्रणमा, आजै काठमाण्डौ प्रहरीमा आत्मसमर्पण गर्ने

नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले आजै प्रहरी समक्ष आत्मसमर्पण गर्ने भएका छन् ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोप लागेका रायमाझी लुम्बिनी प्रहरीको स्कर्टिङमा काठमाण्डौ आउँदैछन् ।

काठमाण्डौ पुगे लगत्तै उनी आजै काठमाण्डौ प्रहरी समक्ष उपस्थित हुने स्रोतको भनाई  छ ।

उनका छोरा सन्दीप रायमाझीलाई भने प्रहरीले हिजो साँझ बुटवलबाट पक्राउ गरेर काठमाण्डौ ल्याउँदैछ ।

यसअघि सो अभियोगमा पक्राउ परेका अभियुक्तले रायमाझीको समेत संलग्ननता भएको बयान दिएपछि उनी पनि अनुसन्धानको दायरामा तानिएका हुन ।

बुधबार पक्राउ पुर्जी जारी हुँदा रायमाझी अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा बिशेष अथितिका रुपमा सहभागी थिए । 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update