Public Pana
मन्त्रिपरिषद् दशौ पटक बिस्तार, कंग्रेसका तर्फबाट ३ मन्त्री थपिए

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दशौ पटक मन्त्रिपरिषद् बिस्तार गरेका छन् । प्रधानमनत्रीले आजै नेपाली कांग्रेसका ३ जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका हुन ।

कंग्रेस सभापति शेरबहादुर देउवाको सिफारिसमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस उपसभापति धनराज गुरुङलाई कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका हुन ।

प्रधानमन्त्रीको सिफारिसमा बुधबार नै राष्ट्रपतिले मन्त्री नियुक्त गरि सपथ गराएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update