Public Pana
पुर्व उपप्रधानमन्त्री रायमाझीसहित उनका छोरा र पुर्व गृहमन्त्री बादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै सर्वसाधरणसँग करौडौ रकम उठाउने गिरोहमा पुर्व उप्रधानमन्त्री  समेत भइसकेका एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ ।  

उनी र उनका छोरा  सन्दीपविरुद्ध प्रहरीले बुधवार काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको छ । उनीहरुविरुद्ध ठगी तथा संगठित अपराधमा मुद्धा अनुसन्धानका लागि तहकिकात गर्न पक्राउ पुर्जी जारी गरेको हो ।

यो मुद्धाको अनुसन्धानमा ६० दिनसम्म प्रहरीले  अदालतबाट म्याद थप गरी न्यायिक हिरासतमा राखेर मुद्धाको अनुसन्धान गर्न सक्ने व्यवस्था छ ।

यसअघि आजै नेपाल सरकारका बहालवाला गृहसचिव टेकनारायण पाण्डे समेत पक्राउ परिसकेका छन् ।

प्रहरीले पुर्व गृहमन्त्री भइसकेका एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिकविरुद्ध पनि आजै जिल्ला अदालत काठमाण्डौबाट पक्राउ पुर्जि जारी गरेको छ ।

फौजदारी कुसरमा अनुसन्धानका लागि ठुलो संख्यामा उच्च पदस्द व्यक्ति विरुद्ध पक्राउ पुर्जी जारी भएपछि राजनीतिक बृत समेत तरिङ्गगित बनेको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update