Public Pana
एसीसी क्रिकेटमा विजयी खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख दिने सरकारको निर्णय

सरकारले आगामी वेशाख २४ गते संसद अधिवेसनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेसन आह्वावनका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवलायले जनाएको छ ।

यस्तै सरकारले एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैया दिन निर्णय समेत गरेको छ । मन्त्रीपरिषद्ले गरेका निर्णयहरु यसप्रकार छन् । 

१– आगामी वैशाख २४ गते संसद अधिवेशन आव्हान गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने  

२– एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र अन्य टिम अफिसियललार्ई जनही ३ लाख प्रोत्साहन स्वरुप उपलब्ध गराउने ।

३–कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने ।

४– कोशीटप्पु वन्यजन्तु आरक्ष स्थापना गर्दा बिस्थापितहरुका सन्दर्भमा थप छानविन गरी समस्या समाधान गर्न आयोग पुनर्गठन गरी तीन महिना म्याद थप गर्ने ।

५–विज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गर्ने ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update