Public Pana
नक्कली भुटानी शरणार्थी प्रकरणमा गृहसचिव भइसकेका टेकरायण पाण्डे पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह सचिव भइसकेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

उनीविरुद्ध सरकारी वकिलको कार्यालयको रायसहित प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो । 
पक्राउ पुर्जी जारी भएपछि उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे प्रहरी कार्यालयमाआज आफै उपस्थित भएका छन् ।

गृह मन्त्रालयका पूर्व सचिवसमेत रहेका उनी जिल्ला प्रहरी परिसर टेकुमा उपस्थित भएका हुन् ।

प्रहरीले हिजो मात्र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा.इन्द्रजित राईलाई पक्राउ गरि सोधपुछ गरिहरको छ । उक्त प्रकरणमा हाइप्रोफाइल व्यक्तिहरु पक्राउ पर्ने क्रम चलिरहेको छ ।

नेपाल सरकारका बहालवाला सचिव प्रहरी हिरासतमा जानुलाई कतिपयले यो देशमा अझै कानुनको राज रैछ भनेर बिश्लेषण गरेका छन् ।  

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update