Public Pana
दार्चुलाको हिमपहिरोमा परि बेपत्ता ५ जनाको पहिचान, बर्षाका कारण उद्धारमा कठिनाई

दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ को भोलुम डाँडामा मंगलवार राती गएको हिम पहिरोमा परेर बेपत्ता पाँच जनाको पहिचान भएको छ । 

दार्चुलाका डिएपी तर्कराज पाण्डेले हिम पहिरोमा परेका पाँच जनाको परिचय खुलेको जानकारी दिए  ।

डिएसपी पाण्डेका अनुसार  सनाखत । बेपता हुनेमा दार्चुलाको दुँहु गाउँपालिका –४ की ३८ वर्षीया कमला कुँवर १८ वर्षीय प्रवीण कुँवर, डोटीको जोरायल गाउँपालिका –२ बुडरकी ४५ वर्षीया नक्की डोमा थापा, २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिमीसामो थापा रहेका छन् ।

प्रनाउ पाण्डेका अनुसार सो क्षेत्रको उच्च हिमालमा अझै हिउँ र उच्च पहाडमा पानी परिरहेकोले उद्धार गर्न कठिनाइ भएको छ ।

घटनास्थलबाट तीन घण्टा टाढा रहेको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली  मङ्गलबार दिउँसो नै सो क्षेत्रमा परिचालित छ । भने आज बुधबार बिहान पनि सुरक्षाकर्मीको टोली परिचालन गरिएको डिएसपी पाण्डेले बताए । ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update