Public Pana
उपनिर्वाचनपछि पहिलो पटक गठबन्धन दलको बैठक बस्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन दलको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले  जानकारी दिए ।

उपनिर्वाचनपछि सत्तारुढ गठबन्धन दलको बैठक पहिलो पटक बस्न लागेको हो ।

बैठकमा उपनिर्वाचनको समिक्षा, मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको आचार्यले बताए । 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update