Public Pana
विभिन्न कार्यक्रम गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले बुधबार बिहान प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा सञ्चारकर्मी र अन्य नागरिक अगुवाहरूको उपस्थिति रहेको थियो । 

त्यसै गरी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा बुधबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले सञ्चार ग्राममा आयोजना गरेको कार्यक्रममा पत्रकार स्तम्भमा माल्यार्पण गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update