Public Pana
रवि लामिछानेका चालक थापाको उपचारका क्रममा निधन

उपनिर्वाचन क्रममा चितवमा घरको छतबाट खसेर गम्भी घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकको निधन भएको छ। 
ललिपतपुरको मेडिसिटी हस्पिटलमा उपचार गराइरहेका चालक दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। 
आफन्तले उनको शव अस्पतालबाट लिएर गइसकेका छन्। 
वैशाख ४ गते उपनिर्वाचनका लागि चितवन गएका बेला थापा भरतपुरस्थित लामिछानेको घरको छतबाट खसेका थिए।  उनलाई हेलिकप्टरबाट थप उपचारका लागि मेडिसिटी अस्पताल ल्याइएको थियो। 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update