Public Pana
नेपाल क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीको बधाई, प्रोत्साहनका लागि प्याकेज ल्याउने आश्वासन

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सम्माननीय प्रधानमन्त्री ‘प्रचण्ड’को निर्देशन बमोजिम माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खेलाडीहरुलाई हौसला बढाउन खेल मैदान पुग्नु भएको छ ।

साथै जित पश्चात् उहाँले सम्पूर्ण खेलाडीहरुलाई बधाई दिनुहुँदै जितको खुसी साट्नु भएको छ ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update