Public Pana
भारतमा आफ्नो उपचार गराउँदा लागेको सम्पुर्ण खर्च राष्ट्रपति स्वयंमले व्यहोर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा भएको उपचार खर्च आफैंले व्यहोर्ने हुनु भएको छ । राष्ट्रपतिको स्वकीय सचिवालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ । 

सचिवालयका प्रेस संयोजक खिला कार्कीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा सुधार हुन नसकेपछि चिकित्सकहरुको सुझाव अनुसार भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको सम्पूर्ण नेपाली दिदिबहिनी दाजुभाइहरुमा विदितै छ । उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयम बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ ।’’ 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update