Public Pana
नेपाल एसिया कपका लागि छनोट, भारत र पाकिस्तानसँग ओडिआई खेल्ने

नेपाल एसीसी एसिया कपका लागि छनोट भएको छ । त्रिवि क्रिकेट मैदानमा एसीसी प्रिमियर कपको फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स ९यूएई० लाई ७ विकेटले पराजित गर्दै नेपालले एसिया कपमा स्थान बनाएको हो । गुलशन झाले अर्धशतकीय इनिङ्स खेलेपछि नेपाल एसीसी प्रिमियर कप च्याम्पियन बनेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको फाइनलमा संयुक्त अरब इमिरेट्स ९युएई० लाई सात विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो । 
यससँगै नेपाल आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा छनोट भएको छ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।
१० टोली सहभागी यस प्रतियोगिताको शीर्ष तीनमा परेसँगै नेपाल, युएई र ओमानले एसीसी इमर्जिङ टिम्स एसिया कपको यात्रा पनि सुनिश्चित गरेका छन् । 
जितका लागि युएईले दिएको एक सय १८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ३०।३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नेपालको जितमा गुलशन झाले अर्धशतकीय इनिङ्स खेले।
गुलशनको यो एक दिवसीय खेल जीवनको दोस्रो अर्धशतक हो । भीम सार्कीले अविजित ३६ रन बनाए। भिमले ७२ बलमा चार चौकाको सहयोगमा उक्त रन जोडे । 
त्रिवि मैदान कीर्तिपुरमा लगातार वर्षाका कारण सोमबार बीचमै रोकिएको खेल मंगलबार बिहान पुनस् सुरु भएको थियो । सोमबार वर्षा हुनुअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७।३ ओभरमा नौ विकेटको क्षतिमा एक सय ६ रन जोड्दा पानी परेपछि खेल रोकिएको थियो ।
मंगलबार सोही ओभरबाट सुरु भएको खेलमा युएईले ३३।१ ओभरमा सबै विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो । युएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाए ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update