Public Pana
नेपाललाई जितका लागि ११८ रनको लक्ष्य

एसीसी प्रिमियर कप अन्तरगत जारी फाइनल खेलमा युएई ११८ रनमा रनआउट भएको छ । 

नेपालले फाइनल म्याचमा जितका लागि युएईबाट जम्मा १ सय १८ रनको लक्ष्य पाएको छ ।

 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएई ११७ रनमा सिमित भएको हो । दुई पटक वर्षाले प्रभावित खेलमा यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो । आज त्यहीबाट पुनः खेल सुरु भएको थियो । यूएईले बाँकी खेलमा ११ रन थपेर अलआउट भयो ।

२८औं ओभरमा नेपालका ललित राजवंशीले लगातार दुई विकेट लिँदा यूएई अलआउट नजिक पुगेको थियो । आज ललितले त्यहीबाट बलिङ गरेर यूएईलाई अलआउट गरे ।उपाधि जित्न दिएको ११८ रनको लक्ष्य पछ्याएको नेपालले खेल जारी रहदा सम्म दुवै ओपनर गुमाएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update