Public Pana
बाँकेको कोहलपुरमा २० बर्षिय युवती घरमै मृत फेला, परिवारबाटै हत्या भएको आशंका

बाँकेको कोहलपुरमा २० वर्षीया विवाहित युवती मृत अवस्थामा फेला परेकी छन् । स्थानीय २० वर्षीया प्रीति थारु घरमै मृत अवस्थामा फेला परेको कोहलुर प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी सुन्दर तिवारीका अनुसार कोहलपुर नगरपालिका २ बर्दहवास्थित घरमा युवती मृत फेला परेपछि घटनावारे अनुसन्धान भइरहेको छ ।

घटना शंकास्पद देखिएकाले घरका सदस्यहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतकका श्रीमान, ससुरा र जेठाजुलाई  हिरासतमा लिइसकेको र सोधपुर भइरहेको जनाएको छ ।

मृतकका माइती पक्षले छोरीको घरकै सदस्यहरुबाट हत्या भएको दावी गरेका छन् । थप अनुसन्धान गरेर घटनावारे बिस्तृत जानकारी दिने बाँके प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update