Public Pana
पार्टीको हाइ कमाण्डमा फर्किए लामिछाने, दलको नेता चयन गर्न केन्द्रीय समितिको सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति तथा सांसद रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्न सिफारिस गरेको छ ।

हालै उपनिर्वाचनमा चितवन क्षेत्र नं २बाट भारी मतान्तरसहित निर्वाचित लामिछानेलाई दलको नेता चयन गर्न सोमवार बसेको केन्द्रीय समिति बैठकले सिफारिस गरेको केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए ।

दलको नेता चयन भएसँगै लामिछाने फेरी पार्टीको सक्तीशाली कमाण्डमा फर्किएका छन् । यसअघि नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलाका कारण लामिछानेले पार्टीको सवै जिम्मेवारीबाट राजीनामा दिएका थिए ।

बैठकमा सरकारका सहभागीताका बिषयमा थप छलफल गर्नेवारे कुराकानी भएपनि अधिकांस सदस्यहरु तत्काल पार्टी सरकारमा जान नहुने पक्षमा रहेको नेताहरुले बताएका छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update