Public Pana
सरकारको बिषयमा निर्णय गर्न रास्वपाको बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा जारी छ ।

उपनिर्वाचनमा रबि लामिछाने अत्याधिक मतले बिजयी भएपछि पहिलोपटक रास्वपाको केन्द्रीय समिति बैठक बसेको हो ।

बैठकमा पार्टी सभापति रवि लामिछानेलाई दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागिताको विषयमा छलफल हुने रास्वपाका एक नेताले बताए ।  

यसअघि पार्टी सभापति एवं दलको नेता रबि लामिछाने अदालतको आदेशका कारण राजीनामा दिनुपरेको थियो । आजको बैठकबाट दुवै पदमा लामिछाने चयन हुने एक नेताले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update