Public Pana
नेपाल र यूएईको फाइनल खेल दोस्रो पटक वर्षाले रोकियो, खेल हेर्न दर्शकहरुको घुइँचो

क्रितिपुरस्थित त्रिवि मैदानमा भइरहेको एसीसी प्रिमियर कपमा नेपाल र यूएईको फाइनल खेल वर्षाका कारण पुनस् रोकिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा पानी परेपछि खेल दोस्रो पटक रोकिएको हो ।
यसअघि यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा पनि खेल रोकिएको थियो । आज खेल महत्वपुर्ण भएकाले म्याच हेर्न नेपाली दर्शकहरु झरीको प्रवाह नगरी छाता आढेर पर्खिरहेका छन् ।

छाता समाएका दर्शकले खेल मैदान बाहिर उभिएका कारण अहिले उक्त क्षेत्रमा छाताको रोचक दृश्य देखिएको छ । प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने भएकाले यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update